![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ ।
मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सोमबार भएको सम्झौतामा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ग्राण्डी अस्पतालका व्यापार तथा बजार प्रमुख प्रतीक तिवारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा मेगा बैंकका कर्मचारी, ग्राहक र उनीहरुका परिवारलाई बिभिन्न स्वास्थ्य सेवा र सुविधा प्रदान गरिने उल्लेख छ ।
सम्झौता अनुसार, मेगा बैंकका ग्राहकहरुले १५ सय रुपैँया तिरेर ११ वटा स्वास्थ्य सेवाको प्याकेज पाउने भएका छन् । प्याकेजमा सीबीसी, ब्लड सुगर फास्टिङ, सम्पूर्ण कोलेस्टोरेल, क्रेटेनाइन, युरिन टेस्ट, एसजीओटी, एकजीपीटी, चेस्ट एक्सरे, इसीजी, चिकित्सक परामर्श र रजिष्ट्रेशन कार्ड रहेका छन् ।
यसैगरी, मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले उपचारमा साँढे ७ प्रतिशत छुट पाउने भएका छन् । ग्राण्डी अस्पतालले उपचारका लागि आकस्मिक रुपमा हेलिकप्टर प्रयोग गर्नुपर्दा मेगाका ग्राहकवर्ग र उनीहरुको परिवारलाई प्राथमिकता दिने सम्झौता भएको छ ।
FACEBOOK COMMENTS