काठमाडौं, कार्तिक १४- मेगा बैंकले प्रस्ताव गरेको ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पाउन बिहीवारसम्म शेयर कायम हुनुपर्ने भएको छ ।
बैंकले लाभांश पारितका लागि कात्तिक २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कात्तिक १५ गतेदेखि बुक क्लोज हुँदैछ ।
गत वर्ष यस बैंकले रू.१ अर्ब ७१ करोडभन्दा बढी खुद नाफा गरेको थियो । त्यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू.१ अर्ब ३५ करोडभन्दा बढी थियो । प्रतिशेयर आम्दानी रू.१६ दशमलव ५५ रहेको यस बैंकको चुक्तापूँजी रू.१० अर्ब ३८ करोड ८६ लाख २१ हजार छ ।
गत वर्ष यस बैंकले ६ दशमलव ८५ प्रतिशत नगद लाभांश र १ दशमलव ०००२३३ प्रतिशत वोनस शेयर दिएको थियो । गत वर्षभन्दा यस वर्ष मेगाको लाभांश बढेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS