काठमाण्डौँ — मेगा बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस्ले मर्चेन्ट बैकिङ व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ ।
मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो ।
मार्केट्सले पूँजी बजारसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वर स्थित केन्द्री यकार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गर्ने छ ।
ग्राहकहरुको सुविधा, लगानी उद्देश्यत तथा आवश्यकतालाई ध्यानमा राखि नविनतम र उपयुक्त सेवाहरु पूँजी बजारमा ल्याउनु नै कम्पनीको मूल उद्देश्य मार्केट्सले जनाएको छ ।
हाल कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी २० करोड रुपैयाँरहेको छ ।
FACEBOOK COMMENTS