काठमाण्डौँ — संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरुले बढी शुल्क लिएबारे छानविन गर्न उपसमिति गठन गरेको छ ।
सांसद सुरेशकुमार राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरिएको समितिले जनाएको छ ।
उपसमितिमा सांसदहरु चित्रलेखा यादव, खराराज अधिकारी, योगेश भट्टराई, उमेश श्रेष्ठ, एकवाल मियाँ, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी र सन्तबहादुर थारु सदस्य रहेका छन् ।
समितिको बैठकमा सांसदहरुले मेडिकल कलेजहरुले विद्यार्थी, अभिभावकसँग अवैध शुल्क असुलेको भन्दै छानविनको माग गरेका थिए ।
उनीहरुले छानविनका लागि टोली गठन गर्न सभापति जयपुरी घर्तीलाई जिम्मेवारी दिएका थिए ।
— कान्तिपुर
FACEBOOK COMMENTS