काठमाडौँ, १३ फागुन – अब आईपीओ निष्कासन गर्ने सम्बद्ध कम्पनीको वेबसाइट, सीडीएसको मेरो शेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र आईपीओ रिजल्ट हेर्न पाइने भएको छ । यसअघिसम्म विभिन्न अनलाइन मिडियाले पनि आईपीओ परे नपरेको रिजल्ट हेर्न पाउने व्यवस्था गर्दै आएका थिए ।
अब यससम्बन्धी जानकारी आधिकारिक वेबपेजबाट मात्रै हेर्न मिल्ने व्यवस्था सीडीएस एन्ड क्लियरिङ लिमिटेडले गरेको छ । लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार हितग्राही खाता (डिम्याट अकाउन्ट) व्यक्तिगत विवरण भएकाले त्यसको सुरक्षाको लागि यस्तो निर्णय गरिएको हाे ।
योसँगै अब शुक्रबार (फागुन १४ गते) बाँडफाँड हुन लागेको महिला लघुवित्तको आईपीओ रिजल्ट पनि सम्बद्ध कम्पनीको वेबसाइट, सीडीएसको मेरो सेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र हेर्नुपर्नेछ ।
FACEBOOK COMMENTS