काठमाडौं, १४ कात्तिक – सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि फेरि नयाँ कार्यतालिका बनाएको छ । प्रधानमन्त्री कार्यालयमा ठेकदार र आयोजनाले बुझाएको कार्यतालिकाअनुसार काम भयो भने सन् २०२१ अप्रिल १५ सम्म आयोजनाको काम सकिने छ । अर्थात् आगामी २०७८ वैशाख २ गतेसम्म आयोजनाको निर्माणको सबै काम सकाउने योजना सरकारको छ ।
मेलम्ची आयोजनाको म्याद पटक-पटक थपिनु र यसको निर्माण सकिने भाका पर सर्नु नौलो विषय हैन । यसपटक पनि दशैंसम्म कठमाडौंबासीलाई पानी खुवाउने सरकारको बाचा पुरा भएन ।
खानेपानीमन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेर भनेकी थिइन्, मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्छ ।’
FACEBOOK COMMENTS