काठमाण्डौँ — संसदको विकास तथा प्रविधि समितिले सार्वजनिक खरिद ऐनको विशेष परिस्थितिसम्बन्धी प्रावधानमा टेकेर मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको सोमबार बसेको बैठकले काम अघि बढाउने सुनिश्चितता गरी उपयुक्त कदम चाल्न सरकारलाई निर्देशन दिएको हो ।
नियमित प्रक्रियाबाट ठेक्का आहवान गर्दा २र३ वर्ष लाग्ने भन्दै समितिले ‘विशेष परिस्थिति’ को प्रावधानमा टेकेर बाँकी काम गर्नेसम्बन्धी कार्ययोजना १५ दिनभित्र पेस गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाबारे अन्योल हुँदा जनतामा सरकारप्रति नराम्रो सन्देश जाने भएकाले छिटो काम हुने गरी नयाँ प्रक्रिया अघि बढाउन समितिले निर्देशन दिएको हो ।
समिति सभापति कल्याणी खडकाले इटालियन ठेकेदार कम्पनी सीएमसीबारे तत्काल निर्णय गरेर आयोजनाको काम अघि बढाउन निर्देशन दिइन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS