उदयपुर, ५ मंसिर
उदयपुरको बेलका नगरपालिका–५ जहडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बेलका नगरपालिका–५ जहडाकी ७० वर्षीया इच्छाकुमारी राईको मृत्यु भएको हो ।
मदन भण्डारी लोकमार्गअन्तर्गत बेल्टार–चतरा खण्डको सडकमा पर्ने जहडामा फत्तेपुरबाट रामपुर तर्फ जाँदै गरेको को३४प २०३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
मोटरसाइकलको ठक्करपछि घाइते भएकी राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) मा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सप्तरी सप्तकोसी नगरपालिका–१ का ३५ वर्षीय आलोक राईसमेत घाइते भएका छन् ।

उनको सोही अस्पतालमा नै उपचार भइरहेको छ । मोटरसाइकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ ।


FACEBOOK COMMENTS