काठमाडौँ, २ माघ- कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ आम्खैयामा गएराति दुई मोटर साइकल ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।
दुर्घटनामा परी से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहरा गम्भीर घाइते भएका थिए ।
उपचारका लागि जोशीलाई धनगढीस्थित निशंर्ग अस्पताल र बोहरालाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । दुवैजनाको उपचारका क्रकमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिएका छन्
दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS