काठमाडौं, पुस ७– अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिजन अफ मेरिट पुरस्कारले सम्मान गरेका छन् । मोदीको नेतृत्वमा भारत र अमेरिकाबीचको रणनीतिक साझेदारी बलियो बनेको र भारतलाई विश्वशक्तिका रूपमा अघि बढाउन योगदान गरेकोमा यो पुरस्कार दिइएको बताइएको छ ।
अमेरिकाका लागि भारतका राजदूत तरणजीत सन्धूले मोदीका तर्फबाट पुरस्कार ग्रहण गरेका थिए । उनलाई अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ’ब्रायनले ह्वाइट हाउसमा यो पुरस्कार दिएका थिए ।
अमेरिकाको सर्वोच्च सम्मान चीफ कमान्डर अफ द लिजन अफ मेरिट सरकार वा राष्ट्रप्रमुखलाई मात्र दिइन्छ । ट्रम्पले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई समेत लिजन अफ मेरिटले सम्मानित गरेको ओ’ब्रायनले ट्वीटमार्फत जानकारी दिए ।
मोदीले यसअघि साउदी अरब, संयुक्त अरब अमिरात, रुस र माल्दिभ्सबाट समेत पुरस्कार पाइसकेका छन् ।
FACEBOOK COMMENTS