काठमाडौं, भदौ २० – कोरोनाभाइरसबाट मोरङमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमो धनपालथान गाउँपालिका ३ बस्ने ५५ वर्षीय पुरूष रहेका छन् ।
शुक्रबार कोरोना पोजेटिभ आएका उनलाई कोशी अस्पतालको कोरोना उपचार केन्द्र विराटनगरमा भर्ना गरिएकोमा शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गएराति पनि मोरङमा २ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS