काठमाडौं, कार्तिक २७ – कोरोना भाइरसको संक्रमणबाट मोरङमा पछिल्लो १२ घन्टामा पाँच जनाको मृत्यु भएको छ। तीन जनाको आज बिहान र दुई जनाको गएराति मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय, मोरङका अनुसार चार जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको छ। उनीहरुमध्ये तीन जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो।
FACEBOOK COMMENTS