काठमाडौं, १५ चैत – मोरङमा मनाइने होली पर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना अन्तर्गत चेकजाँचलाई कडाई गरिने भएको छ ।
होली विशेष सुरक्षा योजना अन्तर्गत सर्वाजनिक स्थालमा हुने भीडभाड र जमघटलाई नियन्त्रण गर्दै विशेष सावधानी पूर्वक होली खेल्न सूचना गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोस खडकाले जानकारी दिए ।
उनले होलीको बाहानामा कुनै अवान्छनीय घटनाहरु नहोस् भनेर थप प्रहरी परिचालन गरिएको बताए । प्रहरीले पैदल, साइकल, मोटरसाइकल र चारपाङग्रे सवारीमार्फत् गस्ती गरिने प्रमुख खड्काले जानकारी दिए ।
प्रदेश राजधानी विराटनगरलगायत मोरङ जिल्लामा नियमित प्रहरी बाहेक थप २ सय प्रहरी परिचालन गरेर सुरक्षा सतर्कता बढाइएकोे प्रमुख एसपी खड्काले जानकारी दिए ।
सर्वजनिक स्थलमा भीडभाड नगर्न माइकिङ गरिएको र होली मनाउदा घरभित्रै बसेर मनाउन आगह गरिएको प्रमुख खड्काले जानारी दिए । मादक पदार्थ तथा आगूऔषध सेवन गरेर हिँड्ने सवारी साधन चलाउनेलाई प्रचलित कानून अनुसार कारबाही गरिने प्रमुख एसपी खड्काले जानकारी दिए ।
छिमेकी देश भारतमा दोश्रो लहरको कोरोना संक्रमणको जोखिम उच्च हुदै गएको र नेपालमा पनि संक्रमितहरु देखिन थालेकाले घरमै बसेर होली मनाउन विराटनगरबासीलाई विराटनगर महानगर पालिकाले आग्रह गरेको छ ।
नगरभित्र होलीको बाहानामा कुनै पनि अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाले विशेष योजना ल्याएको र नगरभित्र नगर प्रहरीहरु पनि परिचालन गरिएको महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले जानकारी दिए ।
FACEBOOK COMMENTS