९ मंसिर, काठमाडौं – कोरोना संक्रमणमुक्त भएको दुई हप्तापछि मोरङ रंगेलीका शिक्षासेवी मदन दाहाल (५८) को ९ मंसिरमा उपचारका क्रममा मृत्यु भएको छ। महेन्द्र आधारभुत विद्यालय रंगेलीका प्रधानाध्यापक रहेका दाहालको नोबेल मेडिकल कलेजमा एक महीनादेखि उपचार हुंदै आएको थियो। कोरोना संक्रमणपछि श्वासप्रश्वासमा समस्या भएकाले अस्पतालमा भर्ना गरिएको उनको परिवारले जनाएको छ।
कोरोनामुक्त भएपछि आइसोलेसनबाट निकालेर आईसीयूमा राखिएको थियो। श्वासप्रश्वासको समस्या ठीक नभएकाले नियमित अक्सिजन लगाएर उनलाई अस्पतालमै राखिएको नातेदार रमेश कोइरालाले बताए। शिक्षक संगठन, सहकारी, साना किसान तथा नेपाल कम्युनिष्ट पार्टीका नेता रहेका दाहालको ९ मंसिर सांझ रंगेलीमा दाहसंस्कार गर्दा एक हजार भन्दा बढीको संख्यामा मलामी पुगेका थिए।
FACEBOOK COMMENTS