काठमाडौ – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बजेटले हतोत्साही भएको बेलामा मौद्रिक नीतिले राम्रो फिल भएको स्पष्ट पारेका छन् । उनले भने,‘मौद्रिक नीतिले राम्रो प्रभाव दिने हामीले फिल गरेका छौं ।’ उनले मौद्रिक नीतिमार्फत बैकिंङ सेवा शुल्क घटाईएको विषयलाई आफूहरुले सकारात्मक रुपमा लिएको स्पष्ट पारे । उनले भने,‘यो धेरै राम्रो विषय हो ।’
उनले मौद्रिक नीति समयसापेक्ष ल्याएकोमा गभर्नर अधिकारीलाई धन्यवाद दिनैपर्ने पनि बताए । यद्धपी उनले मौद्रिक नीति असारमै ल्याएको भए अझै धेरै राम्रो हुनेथियो भन्ने धारणा राखे । उनले मौद्रिक नीतिमा उद्योग वाणिज्य महासंघले अघि सारेका सुझावहरुसमेत परेको प्रतिक्रिया दिए । उनले नीति राम्रो आएकोले यसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS