असार १८ गते मौरी घार बेचेरै कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुरका बाल कुँवरले मनग्य आम्दानी गर्दैआउनुभएको छ । उहाँका अनुसार अघिल्लो वर्ष ४९० घार बिक्री गरेरै उहाँले १७ लाख १५ हजार रुपियाँको कारोबार गर्नुभएको थियो ।
ुयो वर्ष छ सय घारको माग आएको छु कुवँरले भन्नुभयो, ‘एउटा घार तीन हजार पाँच सयका दरले बिक्री हुने गरेको छ ।’ यो वर्ष सल्यानमा माहुरी ब्लक कार्यक्रमले चार सय घारको माग गरेको स्थानीय मौरीपालक किसानहरूले पनि माग गरेका छन् । जसबाट २१ लाख रुपियाँभन्दा धेरैको कारोबार हुने अनुमान गरिएको छ ।
कोरोना भाइरसका कारण बन्दाबन्दी भएपनि मौरी घार निर्माणमा कुनै समस्या परेको छैन । मजदुरहरूलाई आफ्नै घरमा राखेकाले सङ्क्रमणको जोखिम नभएको बाल कुँवरको भनाइ छ ।
FACEBOOK COMMENTS