काठमाडौं, पुस २६ – नेपाली फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले रगतलाई पातलो बनाउने रिभारोक्साबन औषधि बजारमा ल्याएको छ।
कोवाग्रीभ ब्राण्डको साथमा म्याग्नसले उक्त औषधि नेपाली बजारमा ल्याएको हो। उक्त औषधि रगत पातलो गर्ने अन्य औषधि भन्दा निकै सुरक्षित र प्रभावकारी रहेको म्याग्नस फर्माका बजार निर्देशक सुधीरप्रकाश मास्केको दाबी छ।
रिभारोक्साबन एक प्रकारको एन्टिकोअगुलेन्ट औषधि हो। रगतको थक्का (ब्लड क्लट) बन्ने प्रक्रियालाई बन्द गरेर रगतलाई पातलो बनाउने काम यो औषधिले गर्ने म्याग्नसले जनाएको छ। कोवाग्रीभको उपयोग नसामा रगत जम्ने र फोक्सोको नसामा रगत जम्ने समस्याको उपचार र रोकथाममा प्रयोग गर्न सकिने म्याग्नसले जनाएको छ।
कोवाग्रीभ १०, १५ र २० एमजीमा उपलब्ध छ। यसको हाल बजार मूल्य क्रमश ७५, ८५ र ९५ रुपैयाँ काम गरिएको कम्पनीले जनाएको छ। कोवाग्रीभ चिकित्सकको परामर्श अनुसार खान र कुनै साइड इफेक्ट देखिए चिकित्सकलाई सम्पर्क गर्न मास्कोको आग्रह छ।
रिभारोक्साबन एक प्रकारको एन्टिकोअगुलेन्ट औषधी हो। यसले रगतको थक्का (ब्लड क्लट) बन्ने प्रकृया लाई बन्द गरेर रगतलाई पातलो बनाउने काम गर्दछ। धेरै रगतको थक्का बन्ने हो भने त्यस्ले मुटु, मष्तिश्क, रक्तनली तथा शरीरको अन्य भागमा घातक समस्या निम्त्याउन सक्छ। कोवाग्रीभको उपयोग नसामा रगत जम्ने (Deep Vein Thrombosis) र फोक्सोको नसामा रगत जम्ने (Pulmonary Embolism) को उपचार र रोकथाममा प्रयोग गरिन्छ।
एट्रियल फाइब्रिलेशन या कृत्रिम हृदय वाल्व को कारणले हुन सक्ने स्ट्रोक रोक्न को लागी पनि यसको प्रयोग गरिन्छ। यस औषधीले रगतको थक्का बन्नको निम्ती आवश्यक पर्ने तत्व ‘फ्यक्टर ‘टेन ए’ लाई काम गर्न नदिएर रगत लाई पातलो बनाउने गर्दछ।
रगत जमेर हुनसक्ने विभिन्न रोगका लागी करिब ७० बर्ष देखी वर्फारिनको प्रयोग हुँदै आएको छ। तर, वार्फरिन को प्रयोग गर्दा बिरामी र चिकित्सकले धेरै चुनौती सामना गर्दै आउनु परेको छ। पहिलो र महत्वपूर्ण वार्फरिनले रक्तस्राव हुने सम्भावना धेरै मात्रामा बढाउने भएकोले वार्फरिन खाइरहेको बिरामीले नियमित रुपमा अस्पताल गएर विशेष किसिमको आइ यन आर मापन जस्तो झनझ्टिलो काम गर्नुपर्ने हुन्छ। त्यसै गरेर वर्फारिन को खाना र अन्य औषधिसँग अन्तरक्रिया बढी हुने भएकोले यसले हाम्रो शरिरमा साइड इफेक्ट पनि देखाउने सम्भावना बढी हुन्छ।
रिभारोक्साबनको प्रयोग गरेर यस्ता समस्या लाई धेरै हद सम्म न्यूनिकरण गर्न सकिन्छ, किनभने यस्को प्रयोग गर्दा आइ यन आर जाँच गर्नु आवश्यक हुँदैन, जसले गर्दा बिरामीले नियमित अस्पताल धाइराख्नु पर्दैन। साथै यस्को खाना र अरु औषधी सँग पनि कुनै किसिमको अन्तरक्रिया नहुने भएकोले यस औषधिलाई रगत पातलो गर्ने अरु औषधी भन्दा निकै सुरक्षित मानिन्छ।
हाल बजारमा अन्य नयाँ प्रकारका एन्टिकोअगुलेन्ट औषधी भयता पनि प्रभावकारिता र सुरक्षाको आधारमा चिकित्सकहरुको रोजाइमा रिभारोक्साबन नै सर्वोत्कृष्ट हुने कुरामा आफु विश्वस्त भएको कम्पनीका बजार निर्देशक सुधीरप्रकाश मास्के दाबी गर्दछन्।
FACEBOOK COMMENTS