काठमाडौं, माघ १२- लन्डन — ब्रुनो फर्नान्डेजले ७८ औं मिनेटमा फ्रिकिकबाट गरेको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले आइतबार एफएकपमा लिभरपुललाई ३–२ ले हराएको छ ।
ओल्ड ट्रायफोर्डमा भएको खेलमा लिरभपुलले मोहम्मद सलाहको गोलले अग्रता लिएको थियो ।
त्यसयता मेसन ग्रिनउडले बराबरी गोल गरे भने मार्कस रसफोर्डले दोस्रो गोल थपे । लिभरपुलको बराबरी गोल पनि सलाहकै नाममा रह्यो । त्यस स्थितिमा फर्नान्डेजले निर्णायक गोल गरे र म्यानचेस्टर पाँचौ चरण पुग्न सफल रह्यो ।
चौथो चरणका अन्य खेलमा चेल्सीले लुटनलाई ३–१, लेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३–१, बर्नलीले फुलहमलाई ३–० र एभरटनले सेफिल्ड युनाइटेडलाई ३–० ले हरायो ।
FACEBOOK COMMENTS