काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर व्यवसायको धरौटी वृद्धि गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ ।
श्रम तथा रोजगार मन्त्रालयले एकलौटी रूपमा व्यवसायीसँग कुनै छलफल नगरी व्यवसाय नै धरापमा पर्ने गरी धरौटी वृद्धि गर्न लागेको भन्दै संघले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेको हो ।
भेटघाटमा प्रधानमन्त्री ओलीले सरकार र व्यवसायीबीच छलफल गरेर म्यानपावर सञ्चालनको धरौटी पुनरावलोकन गरिने व्यवसायीलाई आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन भन्डारीले जानकारी दिए ।
भेटमा प्रधानमन्त्रीले धरौटी वृद्धिको विषयमा मन्त्री तथा मन्त्रालयलसँग छलफलग गरेर अगाडि बढ्ने बताए ।
मन्त्रालय र व्यवसायीसहितको कमिटी गठन गरेर धरौटी वृद्धिको विषय टुंगो लगाउने आश्वासन प्रधानमन्त्रीले दिएको भन्डारीले बताए ।
बृहत् भेला आयोजना गरी व्यवसायीले बुधबार म्यानपावर सञ्चालन धरौटी वृद्धि गरिए लाइसेन्स सरकारलाई बुझाउने चेतावनी दिए ।
बृहत् भेलाले सरकारले ३० लाख रुपैयाँ रहेको धरौटी वृद्धि गरे म्यानपावर इजाजत संघमार्फत सरकारलाई लाइसेन्स बुझाउने निर्णय गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै धरौटी वृद्धि गर्ने तयारी गरेको छ ।
— अन्नपूर्ण
FACEBOOK COMMENTS