काठमाडौं, मंसिर १३ – विश्वविख्यात फुटबलर डिएगो म्याराडोनाको अन्तिम संस्कारका बेला उनको शवसँग सेल्फी खिच्ने एक कर्मचारी जागिरबाट निकालिएका छन्।
ब्युनस आयर्सको सेपेलियोज पिनियर अन्त्येष्टि प्रतिक्षागृहका एक कर्मचारीलाई माराडोनाको शवलाई सम्हाल्न नियुक्त गरिएको थियो। उनले सेल्फी खिचनेपछि तुरुन्तै हटाएको छ। उनले शवसँगै तस्बिर खिचेर सामाजिक संजालमा अपलोड गरेपछि उक्त तस्विर भाइरल बनेको थियो ।
अन्त्येष्टि व्यवस्थापनका मालिकले ब्युनोस आयर्सका स्थानीय संचार माध्यमलाई उनलाई निकालिएको जानकारी गराएका छन्।
FACEBOOK COMMENTS