काठमाडौं, मंसिर २१ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत आज बिहान भएको ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक हात पारेको छ ।
पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपालका लागि स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।
भारतीय खेलाडीले रास्पाल सिंह २ घन्टा २१ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पूरा गरी रजत जिते।
अर्का भारतीय खेलाडीले श्री सिंह २ घन्टा २२ मिनेट ७ सेकेन्डमा पूरा गरी कांस्य पदक जितेका छन्।
FACEBOOK COMMENTS