![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — यती एयरलाइन्सले मंगलबार तेस्रो एटीआर ७२ — ५०० विमान थपेको छ ।
यो सहित अब यतीसँग सुगम रुटका लागि ९ वटा विमान भएका छन् ।
यससँग अहिले ६ वटा ब्रिटिस विमान जेट स्ट्रीम छन् ।
सुगम रुटमा ब्रिटिस वायुयान जेटस्ट्रीम विमान उडाउँदै आएको यतीले यो विमान बेलायतको इन्भेष्टेड बैंक र केएफ एयरक्राफ्ट लिजिङ कम्पनी मार्फत ९० करोड रुपैयाँ हाराहारीमा यो विमान खरिद गरेको हो ।
यतीले ७० सिट क्षमताको यो विमान थपिएसँगै असोज १५ गतेदेखि पोखरा र भद्रपुरमा एटीआरबाट उडान थाल्ने भनेको छ ।
अहिले जेटस्ट्रीम विमानबाट उडान भइरहेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS