काठमाडौं, वैशाख ७ – नेपालको अर्ना वियर अन्तर्राष्ट्रिय पदक पाउन सफल भएको छ । लण्डनमा भएको वियर प्रतियोगितामा अर्नाले दुई वटा पदक जितेको हो ।
अर्नाले लण्डन वियर कम्पिटिशन २०२१ मा रजत र काश्य गरी दुई पदक जितेको छ । अर्नाले रजत र अर्ना लाइटले काश्य पदक जितेको हो ।
उक्त प्रतियोगितालाई विश्वभरका वियरको सबैभन्दा ठूलो प्रतियोगिता मानिन्छ । यती ब्रुअरीले उत्पादन गर्दै आएको अर्नाले तीनवटा फरक/फरक विद्यामा उच्च अंक प्राप्त गरेर पदक जितेको हो ।
FACEBOOK COMMENTS