काठमाडौं, भदौ ३। भाइब्रेन्ट गोवा ग्लोबल एक्स्पो एन्ड समिट २०१९ मा सहभागी हुन नेपाली उद्योगी–व्यवसायीलाई आग्रह गरिएको छ ।
समिटको रोड सोकाक्रममा १७ ओटा रोड सो विभिन्न मुलुकमा गरी १८औं रोड सो नेपालमा गर्नेक्रममा भाइब्रेन्ट गोवा टोलीले सोमबार नेपाल चेम्बर अफ कमर्ससँग छलफल गर्दै उक्त आग्रह गरेको हो ।
माभाइब्रेण्ट गोवा ज्ञान समिटका अध्यक्षएंवओपन डेस्टिनेशनक उपाध्यक्ष मिलिन्ड अन्भेकरले सो एक्स्पोले गोवा राज्यमा भएका उद्योग एंव व्यवसाय जगतको सबल पक्ष देखाउने सुवर्ण अवसर भएको र यसबाट व्यवसायीकअवसर प्राप्तभई व्यवसाय तथा ज्ञानको आदानप्रदान करिब १२ मुलुक र भारतका २० प्रान्तका उद्योगी व्यवसायीबीच हुने धारणा व्यक्त गरे ।
एक्स्पोमा कृषि तथा खाद्य प्रसोधन, निर्माण व्यवसाय, हल्का इञ्जिनियरिङ, फर्मा तथा बायोटेक, पर्यटन र मेडिकल टुरिजम, जल परिबहन, सूचना प्रविधि, शिक्षा, मनोरञ्जन, वेडिङ तथा फिल्म डेष्टिनेशन आदी क्षेत्र समावेश भएकोले नेपाली उद्यमी व्यवसायीलाई उक्त एक्स्पोमा भाग लिन आग्रह गरे ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भाइब्रेन्ट गुजरातको अवधारणाबाट अभिप्रेरित भइ विगत केही वर्षदेखि भारतका विभिन्न ठाउँहरुमा भइरहेको एक्स्पोमा चेम्बरको उत्साहजन सहभागित हुँदै आएको र व्यापार व्यवस्थापन, प्रविधि र समग्र विकासका लागि लाभदायक हुँदै आएको बताए ।
FACEBOOK COMMENTS