माधब पौडेलतनहुँ, ३१ भाद्र -तनहुँको डुम्रेका युनिटी ग्रुपमा आवद्ध युवाहरुले “हुनेले दिएर जानुहोस नहुनेले लिएर जानुहोस्” भन्ने नाराको साथमा तनहुँको डुम्रेमा फुड बैंक सञ्चालनमा ल्याएका छन् । उक्त फुडबैकंको आज ( मंगलवार) एक कार्यक्रमका बीच बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले गरे ।
कोभिड १९ को महामारीको यस समयमा निम्न आय भएका वर्गलाई युवाहरूको समूहले स्थापना गरेको फुड बैंकले बाच्न अलि सहज हुने अध्यक्ष थापाले बताए । युवाहरु जागरुक भएर यस्तै प्रकारका काम गरेको खण्डमा गाउँ पालिकाले सधै साथ दिने पनि उनले भनाई राखेका थिए ।उक्त कार्यक्रममा कार्यक्रमका सभापति एवं युनिटी ग्रुपका संयोजक विक्रम गुरुङले साथीहरु र तथा बिदेशमा रहेका सहयोगीहरुको मन ठुलो गरेरै कारण फुड बैंक स्थापना गर्न सकिएको बताए ।
फुड बैंकबाट सहयोग लिन चाहने व्यक्तिलाई चामल ४ केजी, ५०० ग्राम, नुन १ पोका र सोयाबिन १ पोका दिने गरिएको छ। कार्यक्रममा बन्दिपुर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष भानुभक्त पोखरेल , तनहुँ उद्योग वाणिज्य संघ जिल्ला सदस्य सुनिल श्रेष्ठ, डुम्रे इकाई सभापति नेक महम्मद मिया, डुम्रे टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ, खहरे बिरुवा टोल विकास संस्थाका अध्यक्ष राजु खड्गी, ग्रुपका सदस्यहरु, स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उपस्थित सबैले युनिटी ग्रुपको कार्यको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।