काठमाडौं, जेठ २४ – सन् २०१२ मा विम जोन्कले अज्याक्सको बोर्ड समक्ष एकेडेमीमा २ लाख युरो अतिरिक्त लगानी गर्न प्रस्ताव गरेका थिए । यस्तो लगानीले पाँच वर्षपछि बैंकमा २० करोड युरो जम्मा हुने उनको दाबी थियो ।
उनले दाबी गरेभन्दा थोरै ढिला भयो । तर, डच च्याम्पियनले गत दुई सिजनमा आफ्ना युवा खेलाडी बेचेर त्यसभन्दा धेरै रकम कमायो । यसक्रममा मोटो रकम लिएर माथाईस डे लिग्टलाई युभेन्टस् र फ्रयाङ्की डि जोङलाई बार्सिलोना पठाइयो ।
सन् २०१९ मा अज्याक्सलाई अविश्वसनीय रुपमा च्याम्पियन्स लिगको सेमिफाइनल पु¥याउने यी दुई खेलाडी (सेमिफाइनल अज्याक्स टोट्टेनह्यामसँग पराजित भएको थियो) अहिले नेदरल्यान्डस्का लागि महत्वपूर्ण साबित हुँदैछन्, नेदरल्यान्डस्ले सन् १९८८ पछि पहिलोपटक युरोपेली च्याम्पियनसिप जित्ने अवसर पाएको छ ।
ठूला प्रतियोगितामा नेदरल्यान्डस् ७ वर्षपछि देखिन लागेको हो । २०१० को विश्वकपमा फाइनलमा पुगेर पराजित भएको यो टोली २०१४ को विश्वकपमा तेस्रो भएको थियो । तर, २०१६ को युरोकप र २०१८ को विश्वकपमा छनोट समेत हुन सकेन । आर्यन रोब्बिन, वेस्ले स्नाईज्डर र रोबिन भान पर्सीजस्ता विश्वस्तरीय खेलाडीको युग सकिएपछि फेरि नयाँ खेलाडी जम्मा गर्न नेदरल्यान्डस्ले संघर्ष गर्नुपयो । तर २०१९ को नेसन्स लिगको फाइनलमा स्थान बनाउनु टोलीका लागि उत्साहपूर्ण संकेत थियो ।
स्कटल्यान्डविरुद्ध बुधबार हुने मैत्रिपूर्ण खेलपछि नेदरल्यान्डस्ले युरोकप यात्रा थाल्नेछ र नयाँ पुस्ताको काँधमा प्रतिष्ठाको खोजी गर्ने जिम्मेवारी छ । माथाइस् र फ्रयाङ्की टोलीको मुटु हुन् । उनीहरु मिडफिल्ड र डिफेन्सका पनि प्रि–आर्किटेक्ट हुन् । यी दुई विश्वस्तरीय खेलाडी तपाईको टोलीमा हुनु भनेको निके महत्वपूर्ण हो,’ अज्याक्सको ट्यालेन्ट डेभलपमेन्टका पूर्वप्रमुख रुबेन जोङकाइन्डले भने ।
FACEBOOK COMMENTS