काठमाडौं, जेठ ९ – नेकपा एमालेका युवा नेता जीवन राईले दल दर्ता गराएका छन् । राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको हो । उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी छ ।
निर्वाचन आयोगका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् ।माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ ।
राईले भने आफूले नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको बताएका छन् । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गरेको उनको भनाइ छ ।संखुवासभाका राई नविना लामा अनेरास्ववियुको अध्यक्ष हुँदा विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए ।
FACEBOOK COMMENTS