काठमाण्डौँ — सरकारले प्रदेश ४ र ५ मा अप्टिकल फाइबर विस्तारका लागि युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) लाई दिइएको ठेक्का खारेज गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्राधिकरणलाई यूटीएलसँगको सम्झौता खारेज गरी नेपाल टेलिकमलाई जिम्मा दिन निर्देशन दिएको हो ।
समयमा काम नगरेको भन्दै यूटिएलसँग भएको सम्झौता रद्द गरेर गण्डकी र प्रदेश पाँचमा अप्टिकल फाइबर बिच्छाउने जिम्मा नेपाल टेलिकमलाई दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
बैशाख १५ गतेसम्म काम नै सक्नुपर्ने भए पनि अहिलेसम्म यूटिएलले काम सुरु नगरेकोले सम्झौता तोडिएको मन्त्री बाँस्कोटाले बताए ।
गण्डकी र ५ नम्बर प्रदेशमा अप्टिकल फाइबर पुर्याउन २०७४ वैशाखमा दुरसञ्चार प्राधिकरण र युनाइटेड टेलिकम यूटिएलबीच दुई अर्ब एक करोड रुपैयाँमा सम्झौता भएको थियो ।
—कान्तिपुर
FACEBOOK COMMENTS