झापा–अर्थमन्त्री डा. युवराज खतिवडाले युवाहरूले योग्यता र क्षमताको मूल्यांकन गरेर सरकारसँग माग गरे ऋण दिन तयार रहेको बताएका छन् ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले झापाको बिर्तामोडमा गरेको ब्याज अनुदान फिर्ता कार्यक्रममा अर्थमन्त्री खतिवडाले जनताबाट उठेको कर जनतालाई नै दिइने भन्दै आफूले ‘भान्से’को काम मात्र गरेको दाबी गरे ।
युवा स्वरोजगार कोषमार्फत् अनुदान लिएर नियमित किस्ता तिर्ने झापाका ८४४ जना असल व्यवसायीलाई शनिबार ब्याज बापत तिरेको ६० प्रतिशत रकम प्रोत्साहन स्वरूप फिर्ता दिइएको छ ।
मन्त्री खतिवडाले आफू पनि ‘गभर्नर’ भएको र त्यही समयमा योजना बनाएर युवा लक्षित स्वरोजगार कोष सुरु गरेको जानकारी दिए ।
सुरुवातमा स्वरोजगार कोषको रकम केही दुरूपयोग भएको भन्दै उनले यसलाई रोक्न कर्जासम्बन्धी नियम सरकारले ल्याउन लागेको बताए ।
FACEBOOK COMMENTS