काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले मौद्रिक नीति सन्तुलित आएको प्रतिक्रिया दिए । उनले भने,‘यो नीतिले सबैको चित्त बुझाउने प्रयास गरेको छ। हामी खुशी छौं ।’ उनले निजी क्षेत्रले मागेको भन्दा राम्रो नीति आएको स्पष्ट पारे । पूनर्कर्जा अत्यन्तै राम्रो आएको र ऋणको व्याज तिर्न ६ देखि एक वर्षसम्म समय दिईनु सकारात्मक भएको उनको भनाई छ ।
अग्रवालले भने,‘ब्याजरकर्जाको समय बढाइदिएर अति प्रभावितलाई १२ महिना, मध्यमलाई ९ महिना र कमलाई ६ महिना दिनु राम्रो सुरुवात हो । हामी यसको प्रशंसा गर्छौं ।’ उनले मौद्रिक नीतिले रोजगारी सिर्जना गर्ने कुरामा विशेष ध्यान दिएको उल्लेख गरे । उनले भने,‘कृषि क्षेत्रमा कर्जा बढाएको छ । विशेष कृषिमा १० बाट १५ प्रतिशतसम्म लगानी गर्नुपर्ने भनेको छ । यसले कृषिमा रोजगारी बढ्छ । कृषि क्षेत्रलाई आत्मनिर्भर पनि बनाउँछ ।’
त्यस्तै, सीसीडी पनि ८० बाट ८५ प्रतिशत गरिएको सुनाउँदै यसले तरलता पनि बढ्ने उनको भनाई छ । उनले नीति कार्यान्वयनमा चूनौति रहेकोले त्यतातर्फ ध्यान दिन राष्ट्र बैंकलाई आग्रह गरे ।
FACEBOOK COMMENTS