चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साता उत्साहवर्द्धक रहनेछ। आफन्त र शुभचिन्तकहरूको सहयोगले हौसला प्रदान गर्नेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। स्वास्थ्यमा समस्या देखिए पनि व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। मंगलवारदेखि आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। जोस–जाँगर बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। शुक्रवारदेखि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बहकाउ र भौतिक साधनकाे कमीले अप्ठ्याराे पर्न सक्छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने हुँदा अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। देश–विदेश ताक्नेहरूलाई लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। उपहारका साथै धन हातलागी हुने समय छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। शुक्रवार र शनिवार भने आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।
का, कि, कु, घ, ङ, छ, के, को, ह
आयआर्जन बढ्नुका साथैसञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन् परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। तर खर्चिलाे कार्ययाेजनाले अधिक खर्च निम्त्याउला। मंगलवारसम्म विशेष खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ। तापनि टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम पूरा गर्न कर्जा अथवा सरसापट लिनुपर्ने हुन सक्छ। सप्ताहान्तमा अलि विवादास्पद काममा जुट्नुपर्ला। बलजफ्ती गरेरै काम बन्नेछ। सोखले विलासी मालसामान जोड्न प्रेरित गर्नेछ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा सजग नबन्दा आफ्नैले धोका दिनेछन्। तापनि पछि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। मनग्य आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। आकस्मिक खर्च बढ्नाले रकम सञ्चय गर्न भने बाधा पर्नेछ। व्यापारमा पनि साेचेकाे फाइदा उठाउन नसकिएला। बुधवार र बिहीवार अधिक खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। धन खर्चनुपरे पनि विदेश ताक्नेहरूलाई यात्राको अवसर जुट्न सक्छ। सप्ताहान्तमा टाढिएका परिवारजनसँग निकटता बढ्न सक्छ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा अरूका काममा जुट्नुपरे पनि सामान्य फाइदा हुनेछ। हिम्मत गर्दा केही प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। सुखदुःखमा साथ दिनेहरू पनि भेटिनेछन्। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। बीचमा विवादास्पद जिम्मेवारी आइलाग्नेछ भने अरूका लागि रकम खर्च हुनेछ। तापनि लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउन सक्छ। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ। व्यवसायमा पनि आम्दानी बढ्नेछ। अरूको मन जितेर काम बनाउन सकिनेछ। खर्च लागे पनि सप्ताहान्तमा काम सम्पादन हुनेछ र नयाँ कामतर्फ अग्रसर भइने समय छ।
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा कमजाेरीकाे अनुभूति भए पनि कामको बोझ हलुका हुनेछ। मिहिनेतले अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने सानो प्रयत्नले ठूलाे काम बन्नेछ। अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु गर्न सकिनेछ। लगनशीलताले विवादास्पद जिम्मेवारी समेत पार लगाउन सकिनेछ। तारिफयाेग्य कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ। सप्ताहान्तमा आयस्रोत सबल बन्नेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने व्यवसाय प्रारम्भ गर्न सकिनेछ।
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भ रमाइलो देखिए पनि यो साता केही उतारचढावमय रहनेछ। सुरुमा अस्वस्थताले सताउनेछ भने केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले काममा बाधा पर्न सक्छ। अप्ठ्याराे स्थितिमा उठ्नुपर्ने रकम समेत समयमा प्राप्त नहुन सक्छ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र काम आंशिक रूपमा सफल हुनेछ। बुधवारपछि अप्ठ्यारो परिस्थिति सुल्झनुका साथै विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। सप्ताहान्तमा नयाँ काम थालनी हुनेछ र आम्दानीका स्रोत पनि सबल बन्नेछन्। मिहिनेतले सफलता दिलाउनेछ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
समय केही खर्चिलाे देखिए पनि शुभचिन्तकहरूकाे साथ–सहयाेग प्राप्त हुनेछ। प्रियजनसँग भेटघाट हुनाले साता रमाइलो रहनेछ। सोखले खर्च बढाउनेछ। बुधबार र बिहीवार अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। नयाँ काम थालनी हुनेछ र आम्दानीका स्रोत सबल बन्नेछन्। शरीरमा स्फूर्ति र आँट बढ्नेछ।
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। अध्ययनमा केही व्यवधान आउन सक्छ। तापनि व्यापार र उद्योगमा फाइदा हुनेछ। सहयोगीहरू जुट्नेछन् र मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउने हुँदा बीचमा अलि सावधान रहनुहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि बुद्धिले लक्ष्यमा पुर्याउनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि लगनशीलताले काम बन्नेछ। सप्ताहान्तमा सोचेअनुकूल प्रगति नहुनाले केही काम रोकिन सक्छ। तापनि, मित्रता र प्रेमको गाँठो भने कसिलो हुनेछ।
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा केही अन्योल देखिए पनि हिम्मतले काम लिन सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले काममा पनि उत्साह बढ्नेछ। अध्ययनतर्फ ध्यान केन्द्रित हुनेछ। नयाँ कामको अवसरले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सहपाठीहरूलाई उछिन्न सकिनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन भने केही समय लाग्नेछ। सप्ताहान्तको समय निकै उपलब्धिमूलक रहनेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले समेत सम्झौताको ढोका खोल्नेछन्।
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा विशेष अवसर प्राप्त भए पनि सहयोगीहरूको भरपर्दा पछि परिनेछ। भौतिक साधनकाे कमीले पनि काममा समस्या पर्न सक्छ। काम बिग्रने डरले सताउनेछ।तापनि युक्तिले काम लिँदा फाइदा हुनेछ। अर्थ अभाव देखिए पनि भौतिक साधन जुट्नेछ। प्रयत्न गर्दा आफन्तका माध्यमबाट लाभ उठाउन सकिनेछ। कृषि, पशुपालनमा फाइदा हुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन्। सफलताले मनको डर उत्साहमा रूपान्तरित हुनेछ। भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। अध्ययनमा प्रगति हुनेछ। सप्ताहान्तमा प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बोली र व्यवहारले धेरैलाई प्राभावित पार्न सकिनेछ। कामको प्रभावले विशेष अवसर दिलाउनेछ। पहिरनको सोखले खर्च बढाउन सक्छ। अरूको भनाइमा लाग्दा व्यर्थैमा विवादित भइएला। सञ्चित रकम खर्चनुपर्ने स्थिति आउन सक्छ। पछिल्ला दिनहरू संघर्षपूर्ण बन्ने हुँदा साताको पूर्वार्द्धमै उपलब्धि प्राप्त हुनेछ। उत्तर्द्धमा सुखदुःखमा साथ दिनेहरू कमै फेला पर्नेछन्। तापनि शुभचिन्तकहरूले प्रतिष्ठित काम गर्ने मौका दिलाउन सक्छन्। विगतका कमजोरी बाहिरिनाले सप्ताहान्तमा आत्मबल कमजोर हुनेछ। बलभन्दा बुद्धिको उपयोगले सफलता दिलाउनेछ।
-नेपाली पात्रो
FACEBOOK COMMENTS