काठमाडौं, मंसिर २४- फाइनल हेर्न टिकट खोज्दै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आएका फुटबल समर्थक माथि प्रहरीले लाठी प्रहार गरेको छ ।
प्रहरीको कुटाईबाट केही समर्थक घाइते भएका छन् । नेपाल र भुटानबीच फुटबलको फाइनल खेल हुनुअघि फुटबल समर्थकहरुमाथि प्रहरीले लाठी वर्षाएको हो ।
टिकट नपाएका समर्थकहरुले गेट बाहिर नारावाजी गरेका छन् । जसका कारण सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा केही घाइते पनि भएका छन् । प्रहरीबाट समाचार संकलन गरिरहेका र तस्वीर खिचिरहेका पत्रकारसमेत कुटिएका छन् ।
प्रहरीले घेरा हालेर कुटेको भन्दै समर्थकहरुले विरोध गरेका थिए । प्रहरीले दर्शक कुट्न थालेपछि फोटो खिच्न पुगेका पत्रकारमाथिसमेत दुव्र्यवहार गरिएको हो । पत्रकार कुटिएकोमा रंगशालामा भेला भएका पत्रकारहरुले आपत्ति जनाएका छन् ।
FACEBOOK COMMENTS