![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
रसुवा– वर्षा याममा पर्न सक्ने आकस्मिक पहिरो व्यवस्थापनका लागि पासाङल्हामु राजमार्गको मूलखर्कलगायत राम्चे क्षेत्रमा कामदारको व्यवस्था गरिएको छ ।
सडक डिभिजन एकाइ कार्यालय रसुवाका इञ्जिनियर वीरेन्द्र गुप्ताका अनुसार नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न, चीनका विभिन्न ठाउँमा घुम्न जाने पर्यटक र मानसरोवरबाट कैलाश जाने धार्मिक यात्रुको आगमनमा सहजता ल्याउन र विद्युत्गृहलगायत आयोजनामा सामग्री ढुवानीमा सहज पार्नसडक रेखदेखका लागि कामदारको व्यवस्थापन गरिएको हो ।
ससाना कार्य कामदारबाट गर्ने र ठूला आकस्मिक पहिरो पन्छाउन एक एक स्काभेटर र हेबी लोडर तैनाथ राखी चार सुपरभाइजरलेसडकको नियमित अवस्थाबारे अनुगमन गर्ने व्यवस्थासमेत मिलाइएको सडक एकाइले जनाएको छ ।
नेपाल चीनको व्यापार कारोवार गर्ने रसुवागढी नाका नियमित रुपमा निर्बाध सञ्चालन गर्न बेत्रावतीदेखि रसुवागढीसम्म ७० किमी सडक रेखदेखका लागि आगामी आवदेखि छुट्टै एकाइ राखिएको छ । इञ्जिनीयर गुप्ताले अबका दिनमा जस्तोसुकै पहिरो आए पनि एक दुई घण्टामै अवरुद्ध सडक मर्मत सुधार हुने बताए।
FACEBOOK COMMENTS