काठमाण्डौँ — चीन जाने सडक स्तरोन्नतिका लागि चीन सरकारले साढे पाँच अर्ब अनुदान दिएको छ ।
स्याफ्रुवेसी–रसुवागढी सडक खण्ड २ लेनको मापदण्डमा स्तरोन्नति गर्न चीन सरकारले ३२ करोड ९० लाख युयान अर्थात् ५ अर्ब ५७ करोड रूपैयाँ अनुदान सहायता प्रदान गरेको हो ।
स्याफ्रुवेसीदेखि रसुवागढीसम्मको १५.७ किलोमिटर सडकखण्डको स्तरोन्नतिका लागि यो अनुदान सहायता दिएको सडक विभागले जनाएको छ ।
विभागका अनुसार, १ मे २०१९ बाट स्तरोन्नति सुरु गरेर तीन वर्ष तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS