काठमाडौँ, कात्तिक १३ – दशैं वर्षको त्यो समय हो जब विदेशीएका धेरै नेपालीहरु हिन्दु देवी दुर्गाको आराधना गर्न र असत्यमाथि सत्यको जित मनाउन स्वदेश फर्कने गर्छन् । तर यो वर्ष, कोभिड–१९ महामारीको कारणले गर्दा दशैं उत्सव मनाउने तरिका धेरै भिन्न भएको छ ।
विजया दशमीको नामले पनि चिनिने र देशकै सबैभन्दा भव्य, ठूलो र अधिक महत्त्व राख्ने चाड– दशैँ उत्सव मनाउन नेपाल तयारीमा छ । यसै बिच, भाइबरले आफ्नो मेसेजिङ्ग प्लेटफमको मद्दतले नेपालीहरुलाई घरमै सुरक्षित रहेर चाडपर्व मनाउन सशक्त बनाउँदैछ ।
नेपाल भाइबरको लागि एक महत्वपूर्ण बजार हो र हाल १९० भन्दा बढी देशहरुमा उपलब्ध यस मेसेजिङ्ग एपले सधैं नै स्थानीय चाडपर्वहरु मनाउने कोशिस गर्दै आएको छ र नेपालीहरुका लागि अझ बढी रमाइलो बनाउन प्रयासरत छ ।
जगदम्बा मोटर्स–टिभिएस र अब हुने इसेवा फोन पे सँगको स्टिकर प्याक निकाल्ने सहकार्यले नेपाली भाइबर प्रयोगकर्ताहरुलाई हालको चुनौतीपूर्ण समयबीचमा पनि दशैंको प्रफुल्लताको अनुभव संगाल्ने अवसर दिएको छ । हरकोहीले आफूले के कस्तो महसुस गरिरहेका छन् भन्ने अभिव्यक्त गर्न सहज हुने रोमाञ्चक स्टिकर प्याकहरु बाहेक टिभिएसले भाइबर स्टिकर डाउनलोडरहरुलाई अचम्मित पार्ने विशेष शृँखला पनि प्रदान गरिहेका छन् ।
FACEBOOK COMMENTS