तेल अभिभ,
काठमाडौं, कात्तिक ५ – इजरायलका लागि नेपाली राजदूत डा अञ्जन शाक्यले इजरायलका कृषि तथा ग्रामीण विकास मन्त्री एलन शुस्टरसँग भेट गरेकी छन् । भेटका क्रममा दुबैले कृषि र पशु विकासको क्षेत्रमा सहयोगका लागि सम्भावित मार्गहरुमा छलफल गरेका छन् ।
विशेष गरी नेपालमा कृषि केन्द्र स्थापना गर्ने दिशामा डा शाक्यले नेपाली किसानहरुलाई इजरायली कृषि प्रविधि सिक्न र इजरायली मोडलमा कृषि फार्म खोल्न सहयोगका लागि मन्त्री शुस्टरलाई अनुरोध गरिन भने मन्त्री शुस्टरले यस सम्बन्धमा सहयोग गर्न इच्छुकता व्यक्त गरे।
उक्त भेटघाटमा नेपालका लागि इजरायलका नव नितुक्त राजदूत हनान गोडर, कृषि मन्त्रालयका उप महानिर्देशक याकोव पोलेग र सिनाडकोका निर्देशक श्री डानियल वर्नर पनि उपस्थित थिए।बैठक अत्यन्त सौहार्दपूर्ण र मैत्री वातावरणमा सम्पन्न भएको थियो।
FACEBOOK COMMENTS