श्रावण २० — अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखसहित दुई जनालाई मंगलबार नियन्त्रणमा लिएको छ ।
व्यवसायीसँग लेनदेन गर्दै गरेको गोप्य सूचनाका आधारमा लिने अनुसन्धान कार्यालयका प्रमुख विजय राना र दिने व्यवसायी अनिलकुमार झालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको आयोगको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए । रकम दिने गुट्खा र चिनी व्यवसायी हुन् ।
दुवै जनाबाट २ लाख रुपैयाँ नगद पनि बरामद भएको छ । दुवै जनालाई बुटवल उपमहानगरपालिका–१३ बुद्धनगरबाट पक्राउ गरिएको हो ।
FACEBOOK COMMENTS