काठमाण्डौं — बर्दिया स्थित नेपाल खाद्य संस्थान राजापुरको आधुनिक चामल कारखाना बन्द भएको छ ।
संस्थानले यसवर्ष कृषकहरूबाट धान पाउन नसक्दा दैनिक २० टन क्षमताको मिल सञ्चालनमा समस्या आएको हो ।
मंसिरको दोस्रो सातादेखि काँटा लगाएर धान खरिद गरेको संस्थानको राजापुरस्थित डिपोमा भन्दा बढी मूल्यमा व्यवसायीहरूले खरिद गर्न थालेपछि मिलको क्षमताअनुसार एकदिनलाई मात्र पुग्ने धान खरिद गर्न सकेको थियो ।
करोडौंको मिल बन्द हुने भएपछि संस्थानको राजापुरस्थित कार्यालयले बैकल्पिक उपाए अपनाउन समयमै केन्द्रलाई गुहारेको थियो ।
केन्द्रले टेन्डर प्रक्रियाबाट व्यापारीसँग धान किन्ने गृहकार्य गरे पनि धरौटी राख्नुपर्नेलगायत विभिन्न प्रक्रिया नमिलेका कारण निजी व्यवसायीबाट धान खरिद गर्ने कार्य पूरा नभएको बताइएको छ ।
— कारोबार
FACEBOOK COMMENTS