काठमाडौं, चैत २० – वर्षौपछि काठमाडौँ आएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको आज उद्घाटन गरिदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गरेपछि आजदेखि काठमाडौँका धारा धारामा मेलम्चीको पानी आउनेछ ।
‘आज उद्घाटन भएपछि काठमाडौँमा धारा जडान भएका ठाउँमा मेलम्चीको पानी आउँछ’ खानेपानी सचिव माधव बेल्बासेले भने, ‘उद्घाटनका लागि दिउँसो दुई बजे कार्यक्रम राखिएको छ ।’
भृकुटीमण्डपमा राष्ट्रपति भण्डारीले पानीको धारा खोलेपछि मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन हुनेछ । यसअघि एक हप्तासम्म काठमाडौँका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरणको परीक्षण गरिएको थियो ।
FACEBOOK COMMENTS