काठमाडौं, २७ वैशाख – भारतले लिपुलेकस्थित नेपाली भूमि मिचेर चीनको मानसरोबर जाने सडक निर्माण गरेको विरोध गर्दा सुरक्षा निकायका दुई पूर्वअधिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ रहेका छन् । नेकपा कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन । भारतीय कदमको विरोधमा सडकमा उत्रदै गर्दा बस्न्यात र श्रेष्ठलाई प्रहरीले शनिबार राजधानीको शंकपार्कबाट पक्राउ गरेको हो । उनीहरु दुवैलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । आजै लिपुलेकमा सडक बनाएको विरोधमा राजधानीको लैनचौर र माइतीघरलगायतका स्थानमा प्रदर्शन गर्ने ३ दर्जन बढीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
FACEBOOK COMMENTS