संयुक्त राष्ट्रसंघ स् संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना महामारीले जैवीक आतंककारीका लागि झ्याल खोलिदिएको बताएका छन् ।
संसारभ राज्य विहीन समूहहरुले विषाक्त द्वन्द्व उत्पन्न गर्नसक्ने उनको चेतावनी छ । साथै त्यस्तो समूहले संसारभर आफ्नो पहुँच स्थापना गर्न सक्नेमा उनको चिन्ता थियो । राष्ट्रसंघको सुरक्षा परिषदलाई सम्बोधन गर्ने क्रममा महासचिवले महामारीका कारण विश्व नै जोखिममा रहेको बताए । जहाँ उनी बिहीबार भिडिओ सम्मेलन मार्फत सम्बोधन गर्दै थिए ।
साथै उनले यो महामारीविरुद्धको लडाइँ एउटा पुस्ताको लडाइँ भएको बताए । ‘कोभिड १९ महामारी पहिलो र प्रमुख स्वास्थ्य संकट हो, तर यसका असर पछिसम्मै हुनेछन् । महामारीले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा स्थापनामा खतरा निम्त्याउँछ । जसले सामाजिक अशान्ति र हिंसा बढाउनसक्छ, त्यसले गर्दा रोग विरुद्ध लड्ने हाम्रो क्षमता कमजोर हुनसक्छ,’ गुटेरेसले भने ।
महामारीमा उत्पन्न कमजोरी तथा तत्परताको कमीले जैवीक हमला कसरी हुनसक्छ भन्ने कुरालाई झ्याल खोलिदिने उनले बताए । आतंकवादको खतरा अझै रहेको भन्दै त्यस्ता समूहरुले अर्को अवसरको रुपमा अहिलेको अवस्थालाई प्रयोग गर्ने उनको संकेत थियो ।
अधिकांश देश महामारीतर्फ फर्किरहेका बेला जैवीक आतंकवादी समूहहरुले यसलाई आक्रमणको अवसरको रुपमा प्रयोग गर्नसक्ने गुटेर्रेसले बताएका छन् । साथै यसले हिंसा र सम्भावित ठूलो क्षति निम्त्याउनसक्ने उनले औंल्याए । जसले गर्दा महामारीविरुद्धको लडाइँ थप जटिल हुने गुटेर्रेसको तर्क छ ।
जोन हकिन्स युनिभर्सिटीका अनुसार संसारभरी कोरोना महामारीका कारण १६ लाख भन्दा धेरै संक्रमित हुनुका साथै ९५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । राष्ट्रसंघीय महासचिव गुटेरेसले अघिल्लो महिना संसारका सबै युद्धरत पक्षलाई युद्ध विरामका लागि आग्रह गरेका थिए । दुई साताअघि महासचिवले मानवीय संकटमा परेका देशलाई लक्षित गर्दै ‘कोभिड १९ ग्लोबल हुम्यानिटेरियन रेस्पोन्स प्लान’ घोषणा गरेका थिए ।
– अन्नपूर्ण
FACEBOOK COMMENTS