काठमाण्डौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामा भएको ढिलाई बारे अध्ययन गर्ने भएको छ ।
सरकारले राष्ट्रिय गौरवको भनी प्राथमिकताका साथ छुट्याएको २१ वटा ठूला पूर्वाधारसम्बन्धी योजनामध्ये अधिकांशको प्रगति सुस्त भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित मन्त्रालयसँग बिवरण माग गरेको छ।
राष्ट्रिय गौरवका आयोजनामा भएको ढिलाई बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन गर्ने, गलत भेटिए आयोग प्रवेश गर्ने प्रमुख आयुक्त नवीनकुमार घिमिरेले चेतावनी दिएका छन् ।
आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कुनै बदनियतपूर्ण नभई बिकास निर्माणको काममा सरकारलाई सहयोग गर्नका लागि मात्र विवरण माग गरेको बताए ।
बिकास निर्माणसँग सम्बन्धित कतिपय राष्ट्रिय गौरवका आयोजनाको काम प्रारम्भिक चरण भन्दा अगाडि बढेको देखिँदैन ।
— कारोबार
FACEBOOK COMMENTS