मदन तिमल्सेना
तनहुँ, ०५ श्रावण- तनहुँमा अविरल बर्षा भएसंगै विभिन्न स्थानहरुमा बाढी र पहिरो गएर घरबार गुमाउनेको संख्या बढदै गएको छ । केही दिन अघि पहिरोमा पुरिएर जिल्ला स्थित ऋषिङ गाउपालिका ८ पल्ट्याङमा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । म्याग्दे गाउपालिका ६ मा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । व्यास नगपालिका वडा नम्बर ९ माझफाटमा पहिरोमा पुरिएका ५ जना मध्य ४ जनाको मृत्यु भएको थियो भने वेपत्ता १ जनाको सुरक्षाकर्मि र स्थानीय व्याक्तिहरुद्वारा खोजि भई रहेको छ । त्यस्तै व्यास नगरपालिकाकै वडा नम्बर ११ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा परि ११ जनाको मृत्यु १ जना बेपत्ता भएका थिए ।
घटनालाई मध्य नजर गर्दै राष्ट्रिय युवा संघ तनहुँका संयोजक इश्वर बस्याल यस विपतमा परि मृत्यु हुनेहरुलाई उचित क्षतिपुर्ति, घाइतेहरुको राम्रो औषधी उपचार , तत्कालै अस्थायी आवासको व्यावस्थापनका लागी केन्द्रीय सरकार , प्रदेश सरकार र स्थानीय तह गरि तिनै तहका सरकारसँग माग गरेको समेत बताए । अबिरल बर्षाले तनहुँ जिल्लाका विभिन्न स्थानहरुमा मानविय तथा भाैतिक क्षती पुर्याएकाले संघले पिडित जनतालाई राहत वितरण, उद्वार तथा पुर्ननिर्माणमा निरन्तरता खट्नको लागि राष्ट्रिय युवा संघ तनहुँका नेता तथा कार्यकताहरुमा अपिल गरेको छ ।
FACEBOOK COMMENTS