काठमाडौं, असोज १३ – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरसहित थप ८ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्र बैंकको डुपुटी गभर्नर शिवराज श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएका बताएका छन् ।
पछिल्लो क्रमको परीक्षणमा श्रेष्ठसहित बैंकका ८ जना कर्मचारीमा संक्रमण देखिएको हो । कोरोना देखिएपछि श्रेष्ठले आफू होम आइसोलेसनमा रहेको बताएका छन् । अन्य कर्मचारीपनि होम आइसोलेसनमा नै रहेका राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
राष्ट्र बैंकको काठमाडौंसहित देशका विभिन्न ठाउँका कार्यलयमा कार्यरत कर्मचारी गरी ३० जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
FACEBOOK COMMENTS