काठमाण्डौँ — रुपन्देहीको ग्रामीण क्षेत्रमा पहिलो पटक आयोजित कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्द्धन महोत्सवमा दुई करोडको कारोबार भएको छ।
ओमसतिया गाउँपालिका ६ नरैनापुरमा कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्द्धनका लागि ९ दिनसम्म संचालित महोत्सवमा दुई लाख बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ।
खेलकुद, कला संस्कृति एवं कृषिको प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव सफलतापूर्वक सम्पन्न भएको संयोजक शिव कुमार धवलले बताए।
— अन्नपुर्ण
FACEBOOK COMMENTS