काठमाडौँ, मंसिर २० – गत वर्ष चीनको वुहानमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउन अब रुसमा सुरु गरिएको छ । रुसको मस्कोका विभिन्न क्लिनिकहरुमा यो भ्याक्सिन पहिलो पटक सार्वजनिक रुपमा लगाउन थालिएको हो । रुसले सबैभन्दा पहिले यो भ्याक्सिन सबैभन्दा ठूलो जोखिममा रहेकाहरुलाई लगाउन थालेको हो ।
रुसले आफ्नै भ्याक्सिन स्पुत्निक भी लगाउन थालेको हो । यो भ्याक्सिन गत अगस्टमा नै दर्ता गरिएको थियो ।
यसका विकासकर्ताहरुले यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरेका छन् । साथै यो भ्याक्सिनको परीक्षणमा कुनै साइड इफेक्ट पनि देखिएको थिएन ।
यो भ्याक्सिनका लागि त्यहाँ अब हजारौँले दर्ता गरेका छन् । तर, अहिलेसम्म यो भ्याक्सिन कति जनालाई लगाउन सकिन्छ भन्ने प्रष्ट भइसकेको छैन । यो वर्षको अन्त्यसम्म यसको २० लाख डोज मात्र बनाउन सकिने उत्पादकले बताउँदै आएको छ ।
FACEBOOK COMMENTS