काठमाडौँ — सरकारले आगामी कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने जनाएको छ । नीति तथा कार्यक्रममा सरकारले यी क्षेत्रलाई प्राथमिकतामा राख्ने जनाएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी कार्यदिशाबारे जानकारी गराएकी हुन् । सरकारको अबको कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुनेछ, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भनिन् ।
कोरोनाले अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसलाई पुनरुत्थानका लागि सरकारको प्राथमिकता रहने सरकारको नीति तथा कार्यक्रममा रहेको छ ।
त्यस्तै, वैदेशिक सहयोगमा कमी आउने आँकलन गर्दै सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिने भएको छ । कोरोनाले गर्दा विश्वका अधिकांश मुलुकहरूको अर्थतन्त्रमा परिमार्जन आउने भएकाले सरकारले अधिकतम आन्तरिक स्रोत परिचालन गर्नेछ, नीति तथा कार्यक्रममा उल्लेख छ ।
FACEBOOK COMMENTS