काठमाण्डौँ — वन तथा वातावरण मन्त्रालयले शिवपुरी/नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा सीमा मिचेर सञ्चालन भइरहेका रोडाढुंगा र चुनढुंगा खानीबारे राष्ट्रिय निकुञ्ज विभागसँग जानकारी मागेको छ ।
मन्त्रालयको प्रशासन महाशाखा समेत हेर्ने वन तथा जलाधार महाशाखा प्रमुख कृष्णप्रसाद आचार्यले आइतबार रामकोट/भीमढुंगा/छत्रेदेउराली उपभोक्ता समितिको मध्यवर्ती वन क्षेत्रमा कानुनविपरीत चलेका रोडाढुंगा र चुनढुंगा खानी सञ्चालनबारे यथार्थ जानकारी मागेका हुन्।
साविकको छत्रेदेउराली गाविस (६ र ७) धुनिबेसी नगरपालिका १० मा पर्ने मध्यवर्ती वन क्षेत्रसँगैको सार्वजनिक जग्गा मिचेर जयसिद्धि गणेश रोडाढुंगा उद्योग, नवदुर्गा चुनढुंगा इन्डस्ट्रिज र छत्रेदेउराली उर्वरा कृषि चुनढुंगा तथा शक्तिग्रिट उद्योग वातावरणीय मापदण्डविपरीत सञ्चालन भए पनि निकुञ्जले रोक लगाउन सकेको छैन।
ती कुनै पनि कम्पनीले विभागसँग अनुमति लिएका छैनन्।
— कान्तिपुर
FACEBOOK COMMENTS