काठमाण्डौं– रिद्धि सिद्धि सिमेन्टले युरोपेली प्रविधियुत्त सिमेन्टले आफ्नो उत्पादनको अनावरण गरेको छ ।
शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा हेटौडामा ४० विघा क्षेत्रफलमा उद्योग स्थापना भएको उद्योगले काठमाण्डौमा एक कार्यक्रम गरी अनावरण गरेको हो ।
उद्योग वरपर हरियाली हुनुका साथै रोबर्टिक ल्यावमार्फत उत्पादन गर्ने रिद्धि सिद्धि सिमेन्टका निर्देशक आनन्द नेपाले बताए ।
सिमेन्ट उद्योगमा रोवर्टिक ल्यावको प्रयोग गर्ने नेपालको पहिलो सिमेन्ट उद्योग भएको उनले बताएका छन् । रोवर्टिक ल्यावले गुणस्तरलाई स्थिरता प्रदान गर्ने उनको भनाई छ ।
उनले रिद्धि सिद्धि सिमेन्टले सर्वश्रेष्ठ उत्पादन सुनिश्चित गर्न सर्वोत्कृष्ट युरोपेली प्रविधि प्रयोगमा ल्याएको छ साथै प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल, सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक प्रयोग गरिएको रोबोर्टिक ल्याव सिस्टम र लेजर सिल प्याकेजिङ लगाएतका कारणले विभिन्न प्रविधिहरुका बारेमा विस्तृत जानकारी दिदै उक्त प्रविधीको प्रयोगले गुणस्तरमा एकरुपता कायम रहने जानकारी दिए ।
कम्पनीले हेटौडा र चितवनस्थित आफ्रनै चुनढुङ्गा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्ष्मता पुर्याउने जनाएको छ ।
FACEBOOK COMMENTS