काठमाडौं, बैशाख १६- सरकारले लकडाउनको समयमा काम नगर्ने कुनै पनि कर्मचारीको तलब काट्न नपाइने निर्णयगरेको छ ।
सरकारले यस अवधिको बिदालाई सार्वजनिक विदामा मिलाउन सबैलाई आग्रह गरेको छ । सोमबार राजपत्रमा प्रकाशित भए अनुसार लकडाउनको कारण घरमै बस्न बाध्य भएका सबै कर्मचारीको तलब काट्न नपाउने सरकारले निर्णय गरेको हो ।
राजपत्र अनुसार सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएको तलब, भत्ता पाउने गरी त्यसरी विदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।
FACEBOOK COMMENTS